अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं-मन्त्रिपरिषद् बैठक आज बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइतबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन्।

काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती भत्काउने क्रम चलिरहेका बेला सार्वजनिक बिदाकै दिन आइतबार मन्त्रिपरिषद् बैठक बस्ने भएको हो। 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)कै निर्देशनमा शनिबारदेखि काठमाडौँस्थित नदी किनारका अव्यवस्थित बस्तीमा डोजर लगाएर  हटाउने क्रम चलिरहेको छ। यहीबिच डाकिएको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण केही निर्णय गर्न सक्ने अनुमान गरिएको छ।