अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यवाहक प्रमुख डंगोलद्वारा सुकुम्बासीलाई राख्न बनाइएको सरकारी अपार्टमेन्ट अवलोकन [तस्बिरहरू]

कार्यवाहक प्रमुख डंगोलद्वारा सुकुम्बासीलाई राख्न बनाइएको सरकारी अपार्टमेन्ट अवलोकन [तस्बिरहरू]


काठमाडौं-काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुमबासीलाई अस्थायी बसोबास गराउन तयार पारिएको नागार्जुन नगरपालिका-१ स्थित सरकारी अपार्टमेन्ट अवलोकन गरेकी छिन्।

सरकारले अहिले काठमाडौँको थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने काम गरिरहेको छ। यी स्थानबाट सुकुम्बासीहरुलाई सो सरकारी भवनमा राखिने भएकाले हाल भवनको सरसफाई, मर्मत सम्भारको काम भइरहेको छ।

काठमाडौँ महानगरपालिका-११ थापाथलीस्थित वाग्मती नदी किनारको बस्ती, वडा नं ९ को गैरीगाउँ–सिनामङ्गल क्षेत्र तथा वडा नं ३१ को शान्तिनगरमा रहेका अतिक्रमित बस्ती शनिबार हटाइएका छन् ।

यो अपार्टमेन्ट १२ करोड खर्च गरेर तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा बनाइएको हो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार राजधानीका विभिन्न अतिक्रमित क्षेत्रमा उल्लेख्य सङ्ख्यामा सुकुमवासी परिवार बसोबास गर्दै आएका थिए । प्राधिकरणको तथ्याङ्कअनुसार थापाथलीमा १४३, गैरीगाउँमा १६२, गोठाटारमा ७७, शान्तिनगरमा ४७६ तथा मनोहरा टोलमा १३ गरी कुल ८७१ परिवार रहेका छन्।