अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन

गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन


काठमाडौँ-राजधानीका सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइएको छ। अतिक्रमित सार्वजनिक जग्गा खाली गर्नका निम्ति डोजर परिचालन गरिएको हो।

गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर परिचालन गरिएको छ।

यस्तै, भक्तपुरस्थित मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहर भत्काइँदै छ। 

मनोहरा सुकुमबासी बस्तीमा आइतबार बिहानदेखि सुकुमबासी बस्ती हटाउन थालिएको हो । गैरीगाउँ र थापाथलीस्थित सुकुमबासी बस्तीमा भने शनिबार नै डोजर परिचालन गरिएको थियो ।