अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी,वाग्मती र गण्डकी प्रदेशका विभिन्न भागमा आज पानी पर्ने

कोशी,वाग्मती र गण्डकी प्रदेशका विभिन्न भागमा आज पानी पर्ने


काठमाडौं- देशभर आज वर्षाको पूर्वानुमान गरिएको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशको केही स्थानहरूमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै, मधेसलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको पूर्वानुमान गरेको छ । कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा र हिमपातको सम्भावना छ,ू विभागले भनेको छ ।

विभागका अनुसार, दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकीलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

लबदष्
िराति, कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी प्रदेशको धेरै स्थानहरूमा र मधेस, वागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।