काठमाडौं-नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको हो।
महासंघले आजका लागि तय गरेको नयाँ दरभाउअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
सोमबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँको ऐतिहासिक विन्दुमा पुगेर कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ६० रुपैयाँ तोकिएको छ। सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ४५ रुपैयाँ रहेको थियो।







प्रतिक्रिया