अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिभुवन विश्वविद्यालय परिसरमा संयुक्त विद्यार्थी संगठनको मार्चपास

त्रिभुवन विश्वविद्यालय परिसरमा संयुक्त विद्यार्थी संगठनको मार्चपास


 काठमाडौं-त्रिभुवन विश्वविद्यालय परिसरमा संयुक्त विद्यार्थी संगठनहरूले सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्दै मार्चपास गरेका छन्। विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोधमा उनीहरू सडकमा उत्रिएका हुन्।

त्रिभुवन विश्वविद्यालय घण्टाघरदेखि टीयू गेटसम्म मार्चपास गर्दै विद्यार्थीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रदर्शनका क्रममा ‘लोकतन्त्रको रक्षा गर’, ‘विद्यार्थी अधिकार सुनिश्चित गर’ जस्ता नाराहरू लगाएका थिए।

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय संविधान र लोकतान्त्रिक मूल्य-मान्यताविपरीत हुनुका साथै नागरिक अधिकारमाथिको हस्तक्षेप भएको उनीहरूको जिकिर छ ।

यस्तै, विद्यार्थीहरूलाई यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छुट यथावत् कायम गर्न तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सम्बन्धी निर्णयहरू पनि पुनर्विचार गर्नुपर्ने माग गरिएको छ।

यस प्रदर्शनले विश्वविद्यालय क्षेत्रमा विद्यार्थी अधिकार, लोकतान्त्रिक अभ्यास र सरकारी नीतिप्रति असन्तुष्टि चुलिँदै गएको संकेत गरेको छ।