काठमाडौँ-सरकारले दुई वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पत्र पठाएको छ । हिजोको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी र सहकारी समस्या समाधान सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
सरकारको सिफारिस अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेको शीतल निवास स्रोतले बतायो। ‘सरकारले पठाएका अध्यादेशमा राष्ट्रपतिले अध्ययन गरिरहनुभएको छ’, शीतल निवासले भने।
संसद छलेर सरकार अध्यादेशको बाटोमा लागेको भन्दै चौतर्फी आलोचना भइरहँदा सरकारले २ अध्यादेश ल्याउन लागेको हो।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसपछि राष्ट्रपतिले संसद् अधिवेशन आह्वान समेत गरेका थिए।







प्रतिक्रिया