अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गएरातिको वर्षाका कारण बीपी राजमार्ग पुनः अवरुद्ध

गएरातिको वर्षाका कारण बीपी राजमार्ग पुनः अवरुद्ध


काठमाडौँ-हिजो राति परेको वर्षाका कारण वीपी राजमार्गको दुई ठाउँमा सडक अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार राजमार्गको चारसय  बेसी र कटुन्जेमा डाइभर्सन बगेपछि  यातायात ठप्प भएको हो। 

अहिले सडक खुलाउने काम भइरहेको र अबको एक देखि डेढ घण्टाभित्रमा यातायात सुचारु हुने प्रमुख योगेशले जानकारी दिए। उनले भने,’अहिले दुई ठाउँमा सडक बन्द छ, हामी खुलाउने प्रयासमा छौँ । ढिलोमा बिहान १० बजेसम्म सडक खुल्नेछ।’ 

वर्षाका कारण सडक अवरुद्ध बनेपछि बिहानैदेखि सवारी साधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन् । सडक विभागले मेशिन प्रयोग गरेर अवरोध हटाउने काम गरिरहेको उनले बताए ।