अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उग्र वामपन्थले समाज रूपान्तरण गर्दैन: एमाले उपाध्यक्ष पौडेल

उग्र वामपन्थले समाज रूपान्तरण गर्दैन: एमाले उपाध्यक्ष पौडेल


काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी उग्र वामपन्थले समाज रुपान्तरण नगरेको बताएका छन्।

बुधवार २७ औँ यदु स्मृति दिवस तथा २४ औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सो कुरा बताएका हुन्।

उपाध्यक्ष पौडेलले माओवादीका नाममा देशले लामो समय उग्र वामपन्थको मार खेप्नु परेको बताए।

२०५६ सालको आम निर्वाचनमा एमालेको तर्फबाट रुकुममा उम्मेद्वार रहेका गौतमले तत्कालिन माओवादीहरुले हत्या गरेका थिए।

माओवादीको उपादेयता सकिएर नै अहिले आफ्नो पार्टीको नामबाट प्रचण्डले माओवादी भन्ने फुर्को झिकेको उपाध्यक्ष पौडेलले बताए। ‘माओवादीले जबसम्म हत्या र हिंसाको बाटो लियो। जनयुद्धका नाममा सत्ता कब्जाको अभ्यास गर्यो असफल भयो, उपाध्यक्ष पौडेलले भने, ‘त्यसपछि नेकपा एमाले र नेपाली काँग्रेससँग मिलेर जनआन्दोलनमा सहभागी भएको हो।’

२०६४ को संविधानसभामा माओवादीलाई असाधरण तरिकाले जनताले मत दिए पनि त्यसलाई उसले उपयोग गर्न नसकेको उपाध्यक्ष पौडेलको भनाइ छ। ‘असाधरण मत आउँदा पनि माओवादीमा कब्जाको धङधङी गएन’ उपाध्यक्ष पौडेल भने ‘सरकारमा गएपछि पनि राज्य कब्जा गर्ने, सेना कब्जा गर्ने, सेनापती बर्खास्ती गर्ने र नयाँ सेनापति ल्याउने उनीहरुको चाहना अझ बढ्यो। माओवादीको आकांक्षा त पुरा खालको थिएन तर यसकै कारणले देशले लामो समय दु:ख पायो।’