काठमाडौँ-सुकुमबासीको विवरण मागेर स्थानीय निकायलाई पत्राचार गरेको बारेमा सेनाले २ बुँदे स्पष्टीकरण सार्वजनिक गरेको छ।
सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै विगतका वर्षका विपद्का घटनालाई समेत मध्यनजर गर्दै नजिकिँदै सम्भावित बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने जोखिमलाई ध्यान दिएर मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् पूर्व तयारीको योजना गर्दै आएको बताएको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गरेर भनेको छ-‘राहत, उद्धार र पुनर्स्थापनालाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्न तथ्याङ्क अद्यावधिक गर्ने काम गरिएको सवैमा जानकारी गराउँछौँ।’
विगतका वर्षहरूमा भएका विपद्का घटनालाई मध्यनजर राखेर बाढी, पहिरो र नदी कटानबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरेर मानवीय र भौतिक क्षति न्यूनीकरणका लागी विपद् पूर्व तयारीको योजना बनाउने काम भइरहेको सेनाले जनाएको छ । सेनाले भनेको छ, ‘जोखिमलाई दृष्टिगत गरी सरोकारवाल निकायसँग समन्वय र सहकार्य गर्दै मानवीय र भौतिक क्षति न्यूनीकरणका लागी विपद् पूर्व तयारीको योजना गर्दै आएको ।’








प्रतिक्रिया