काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार ‘सहकारी पहिलो संशोधन अध्यादेश-२०८३’ जारी गरेका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सरकारले सहकारी सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी दुईवटा अध्यादेश एकैपटक राष्ट्रपति कार्यालयमा पठाएको थियो।
सरकारले राष्ट्रपति समक्ष ६ वटा विभिन्न अध्यादेश पठाएपनि हाल एउटा मात्र प्रमाणीकरण भएको हो। बाँकी विचाराधीन रहेका राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।








प्रतिक्रिया