अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश पनि जारी गरेका छन्। राष्ट्रपति पौडेलले बिहीबार साँझ सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन्। आजै दिउँसो सहकारी ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३’ जारी गरेका थिए।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

सरकारले दुई पटक गरी ६ वटा अध्यादेश पठाएको छ। जसमध्ये दुई वटा अध्यादेश जारी भएका हुन् ।

 तर सरकारले यसअघि पठाएका ४ अध्यादेश भने अझै स्वीकृत हुन बाँकी छ ।

सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने अध्यादेश र वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धि अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । 

आजै राष्ट्रपतिले ती अध्यादेशबारे कानुनविद्हरूसँग छलफल गरेका थिए। राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिले छलफलमा सरकारबाट एकै पटक धेरै संख्यामा अध्यादेशहरू आएको सन्दर्भमा के गर्दा उपयुक्त हुन्छ भनेर जिज्ञासा राखेका थिए । स्रोतका अनुसार राष्ट्रपतिले सबैभन्दा बढी जिज्ञासा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा राखेका थिए ।