अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जहाँ श्रमिक सम्मानित हुन्छ, त्यही समाज समृद्ध हुन्छ: अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ, त्यही समाज समृद्ध हुन्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताएका छन्।
अन्तराष्ट्रिय श्रमिक दिवशको अवशरमा शुभकामना सन्देश दिंदै अध्यक्ष ओलीले श्रमिक दिवश अर्थात मे १ ले श्रमको मूल्य,मर्यादा र अधिकारको संघर्षमार्फत संसारलाई पाठ सिकाएको उल्लेख गर्नुभएको छ।


नेपालको संविधानले न्यायपूर्ण राज्यका लागि काम गर्ने वर्ग र काम गराउने वर्ग बीचको सन्तुलन लागि निर्देशक सिद्धान्त् अपनाएको उल्लेख गरेका छन् । ‘हामीले संविधानमा पनि न्यायपूर्ण राज्यको लागि काम गर्ने वर्ग र काम गराउने वर्ग बीचको सन्तुलनका लागि यही निर्देशक सिद्धान्त अपनाएका छौं’ सामाजिक सञ्जाल मार्फत शुभकामना दिंदै अध्यक्ष ओलीले भनेका छन् ‘हामीले सरकारमा रहँदा श्रमिक,रोजगारदाता र राज्यबीचको त्रिपक्षीय सन्तुलित सहकार्यको बाटो अपनाउदै तीनै पक्षको योगदानमा आधारित सामाजिक सुरक्षा थालनी गरेका थियौं ।’

अध्यक्ष ओलीले मानव गरिमाको रक्षा गर्न र श्रमिकहरुको सुरक्षा र सम्मान कायम गर्न उनीह्रुको विश्वव्यापी अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गरेका छन् । आफूले सरकारको नेतृत्व गरेका बेला राज्यको नीति,रोजगारदाता र श्रमिक बीच संवाद,सहकार्य र सहअस्तित्वको बाटोमा अघि बढाएको स्मरण गरेका छन् । ‘हाम्रो ध्येय थियो उद्योग चलोस,रोजगारी बढोस,श्रमिक सुरक्षित होउन,नाफाको न्यायोचित बितरण होस र देश समृद्ध बनोस’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन् । संविधानले तय गरेको यो सिमाबाट राज्य आज पनि बिचलित हुनु नहुने अध्यक्ष ओलीको भनाइ छ ।