काठमाडौँ-गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
गृह मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई दज्र्यानी चिह्न लगाइदिनुभएको हो।यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो। तत्कालीन महानिरीक्षक राजु अर्यालले यही वैशाख १८ गतेदेखि अवकास पाउनुुभएको थियो।







प्रतिक्रिया