काठमाडौँ-सङ्घीय संसद् प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल (डीपी)ले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन्।
सभामुख अर्यालकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सोमबार मध्यान्ह १२ बजे सिंहदरबारमा बैठक आह्वान गरिएको जानकारी दिएकी हुन्।
सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक आह्वान गरेको कुँवरले जानकारी दिइन् ।
प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधित्व गर्छन् ।







प्रतिक्रिया