अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शेखर गोल्छा र दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

शेखर गोल्छा र दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै


काठमाडौं-व्यवसायी शेखर गोल्छा र दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाई हुँदैछ।

गोल्छाको तर्फबाट पत्नी सिमाले दायर गरेको रिटमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ भने भट्टको तर्फबाट पत्नी आयुस्मा नेपालले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेशी तोकिएको हो।

भट्ट चैत १९ गते सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका थिए। भट्टसँग गोल्छाको पनि व्यवसायिक सम्बन्ध रहेको खुलेपछि गोल्छालाई पनि प्रहरीले पक्राउ गरेको थियो।