अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय संसद्को अधिवेशन आह्वानको विषय भोलि टुंगिन्छ: सभामुख अर्याल

संघीय संसद्को अधिवेशन आह्वानको विषय भोलि टुंगिन्छ: सभामुख अर्याल


काठमाडौँ-प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्याल (डिपी)ले संघीय संसद्को अधिवेशन कहिले आह्वान हुन्छ भन्ने विषय भोलि टुंगिने बताएका छन्। सोमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठकमा सभामुख अर्यालले भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्को अधिवेशन आह्वान हुने जानकारी दिएका हुन्। 

बैठकमा सहभागी एमाले सचेतक निता घतानीले बैठकमा सभामुख अर्यालले भोलि बस्ने मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वानको मिति टुंग्याउने जानकारी गराएको बताइन् ।  ‘हामीले संघीय संसद्को अधिवेशन आह्वान गरेर बस्दै नबसी स्थगित गरियो । कारण के हो ? फेरि कहिले आह्वान हुन्छ भनेर सभामुखज्यूसँग प्रश्न गर्‍यौँ,’ घतानीले भनिन्- ‘उहाँले जवाफमा भोलि बस्ने मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्ने जानकारी दिनुभयो ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख ९ गते वैशाख १७ गते दिउँसो २ बजेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए ।  त्यसको अर्को दिन सरकारले पत्र पठाएपछि राष्ट्रपति पौडेलले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अधिवेशन स्थगित गरेका थिए ।