काठमाडौं – पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशका केही स्थानमा वर्षाको सम्भावना छ । मंगलबार मध्यमसम्मको वर्षाको सम्भावना छ । सोमबार भने केही स्थानमा भारी वर्षा भएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ ।
कोसी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ ।
कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।







प्रतिक्रिया