काभ्रे – रोसी खोलाको बाढीमा फसेका पाँचवटा माइक्रो बस र ८९ जना यात्रुको सकुशल उद्धार भएको छ ।
पूर्वबाट काठमाडौं आउँदै गरेका यात्रु सहितका सवारी साधन काभ्रेको चारसय बेशीस्थित रोसी खोलाको बाढीम फसेका थिए । काभ्रे प्रहरीका अनुसार उनीहरुलाई राती नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेर गन्त्व्यतर्फ पठाएको जनाएको छ । बाढीका कारण फसेका उनीहरुलाई प्लास्टिक बोट लगायतका उद्धार सामग्रीको साहायतामा उद्धार गरिएको हो । हिजो दिउँसो आएको भिषण वर्षाका कारण बिपि राजमार्गमा यातायात पूर्ण रुपमा बन्द भएको थियो ।









प्रतिक्रिया