अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बीपी राजमार्गको धुलिखेल-भकुण्डेबेँसी खण्डमा राति गाडी चलाउन रोक

बीपी राजमार्गको धुलिखेल-भकुण्डेबेँसी खण्डमा राति गाडी चलाउन रोक


काठमाडौं- बीपी राजमार्ग अन्तर्गत धुलिखेल-भकुण्डेबेँसी (वर्षेखोला)खण्डमा रातिको समयमा सवारी साधन संचालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै रोशी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त भई निर्माणको क्रममा रहेको बीपी राजमार्गमा आज बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रुपमा रोक लगाएको जनाएको छ।

साथै, उक्त समयपछि पनि वर्षा, अुनमानित बाढी र मौसमको अवस्था हेरेर आवश्यकताका आधारमा सडक आवागमन जुनसुकै बेला पनि रोक लगाइन सकिने पनि जनाइएको छ।