अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इन्द्रचोकमा पेस्तोल देखाई लुटपाट प्रयास गर्ने तीन युवक पक्राउ

इन्द्रचोकमा पेस्तोल देखाई लुटपाट प्रयास गर्ने तीन युवक पक्राउ


काठमाडौँ-काठमाडौँको व्यस्त व्यापारिक केन्द्र इन्द्रचोक, भेडासिंहमा रहेको एक सुनचाँदी पसलमा दिउँसै पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ। 

‘नैना एन्ड इशान ज्वेलरी’ मा भएको उक्त लुटपाटको प्रयासलाई पसल सञ्चालक बबिता रौनियारको साहसपूर्ण प्रतिकारले लुट्न खोज्नेहरु विफल भएका थिए। त्यसपछि उनीहरू भागेका थिए।

घटनाको अनुसन्धान र खोजतालसको क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-६ घर भएका २९ वर्षीय हरिकृष्ण महर्जन, सोही ठाउँका विकेश राजवाहक र अरुण भुजेल छन्। 

‘विवेक राजबाहक र अरुण भुजेललाई हाम्रो टोलीले पक्राउ गरेको हो,’ एसपी भट्टराईले भने, ‘उनीहरू यसअघि भएका विभिन्न आपराधिक घटनामा पनि संलग्न भएको देखिन्छ। हामी थप अनुसन्धानकै क्रममा छौँ।’

महर्जनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले र विवेक र अरुणलाई काठमाडौँ परिसरको टोलीले पक्राउ गरेको हो। अरुण भुजेलको साथबाट घटनास्थलमा प्रयोग गरिएको पेस्तोलसमेत बरामद भएको छ। 

महर्जनले लुटपाटको क्रममा लगाएको कपडा घटनास्थल नजिकै फालेर हुलियासमेत परिवर्तन गरेका प्रहरीले जनाएको छ। 

सञ्चालकको प्रतिकारपछि भागेका उनीहरूलाई प्रहरीले सीसीटीभी फुटेज र प्राविधिक विश्लेषणका आधारमा पक्राउ गर्न सफल भएको हो। अहिले उनीहरूमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ।