अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कीर्तिपुरमा एक युवकको हत्या

कीर्तिपुरमा एक युवकको हत्या


काठमाडौं-काठमाडौंको कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ। कीर्तिपुर नगरपालिका-१० पोडेटोलमा अन्दाजी २३ वर्षीय विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार घटना बुधबार दिउँसो २: २५ बजे भएको हो। साथीहरूबीच नै झगडा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

दुई जनाले धारिलो हतियारले कीर्तिपुर-३ ढल्पा बस्दै आएका घिमिरेमाथि प्रहार गरेका थिए। उनलाई कीर्तिपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

‘विषय खुलेको छैन। तर अहिले दुई जना भागेका छन्। उनीहरू दुवैको पहिचान खुलिसकेको छ।  दुवै हालसालै अर्को मुद्दामा हिरासतबाट मुक्त भएका व्यक्तिहरू हुन्। खोजी भइरहेको छ,’ उनले भने।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको छ।