काठमाडौँ-सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। वैशाख २१ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गरी सरुवाबारे जानकारी गराएको छ।
जस अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ।
त्यस्तै, सञ्चार मन्त्रालयका सहसचवि आदेश खड्कालाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ। सञ्चार मन्त्रालयकै सहसचिव चन्द्र शाहलाई अर्थ मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ।
प्रधानमन्त्री कार्यालयका सहसचिव अनिल कुमार दत्तलाई भने सञ्चार मन्त्रालय सरुवा गरिएको छ। अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई पनि सञ्चार मन्त्रालय सरुवा गरिएको छ।
को कहाँ ? (हेर्नुस् सूची)

एआईको सहयोगमा निर्माण गरिएको तस्बीर हो।







प्रतिक्रिया