अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीशबारे निर्णय गर्न सिंहदरबारमा संवैधानिक परिषद् बैठक

प्रधानन्यायाधीशबारे निर्णय गर्न सिंहदरबारमा संवैधानिक परिषद् बैठक


काठमाडौँ-प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको संवैधानिक परिषद्को बैठक सुरु भएको छ।

न्यायपालिकाको नेतृत्व चयन गर्ने संवैधानिक दायित्वलाई प्राथमिकता दिँदै बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार मात्रै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए।

संवैधानिक परिषद्को बैठकमा सहमति जुटेमा आजै प्रधानन्यायाधीशको नाम सिफारिस गरिनेछ। सहमति नजुटेमा अर्को बैठकमा निर्णय हुनेछ। 

प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परषद्मा ६ जना हुन्छन्। परिषद्मा प्रधानमन्त्री बालेन्द्र शाह अध्यक्ष हुन्छन् भने प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता र उपसभामुख रहने व्यवस्था छ। प्रधानन्यायाधीश सिफारिसका लागि बस्ने बैठकमा भने कानुनमन्त्री रहन्छन्। 

आजको बैठकमा प्रधानमन्त्री शाहसँगै सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवी ठाकुर, प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बे र कानुनमन्त्री सोविता गौतम सहभागी छन्।