काठमाडौं-सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन्। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्नन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो। संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनी ३३ औं प्रधानन्यायाधीश बन्नेछन्।
संवैधानिक परिषद्ले पहिलो वरियतामा रहेका कायमुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियतामा रहेका न्यायाधीश कुमार रेग्मी र तेस्रो वरियतामा रहेका न्यायाधीश हरिप्रसाद फुयाललाई छोडेर चौथो वरियताका शर्मालाई रोजेको हो।







प्रतिक्रिया