अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधान न्यायाधीश सिफारिसमा वरीयता मिचिएको भन्दै सर्वोच्चमा रिट

प्रधान न्यायाधीश सिफारिसमा वरीयता मिचिएको भन्दै सर्वोच्चमा रिट


काठमाडौं-संवैधानिक परिषद्को प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

संवैधानिक परिषदले चौथो वरीयतामा रहेको न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको भन्दै २०८३ वैशाख २५ गते शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्च अदालतमा रिट दिएका हुन्।

शक्तिपृथकीरकणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश सिफारिस भएकाले रिट दिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए। न्यायपालिकालाई कार्यपालिकाको मातहतमा ल्याउन खोजेकोले सोलाई बदर गरी पहिलो वरीयतालाई सिफारिस गर्नु भनी परमादेशको माग गर्दै रिट पेस गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिए ।

वैशख २४ गते बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरियताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। पहिलो वरियतामा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियताका कुमार रेग्मी र तेस्रो वरियताका रिप्रसाद फुयाललाई छोडेर चौथो वरियताका शर्मा सिफारिस भएका थिए। 

यस निर्णयमा संवैधानिक परिषद्को बैठकमा दुई सदस्यले असहमति जनाएका थिए। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङदेम्बेले असहमति जनाएपछि प्रधानमन्त्री बालेन्द्र शाहले शर्मालाई नै सिफारिस गरेका थिए।