अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रधानमन्त्री कार्कीको आक्रोस : मलाई होइन बालेनकी श्रीमतीलाई आमा भन्नु

पूर्वप्रधानमन्त्री कार्कीको आक्रोस : मलाई होइन बालेनकी श्रीमतीलाई आमा भन्नु


काठमाडौं – पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ सम्बोधन भन्ने गरिएकोप्रति आक्रोश व्यक्त गरेकी छिन् ।

खासगरी संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई नियुक्त गर्न सिफारिस गरेपछि कार्कीले असन्तुष्टी व्यक्त गर्दै आएकी थिइन् ।
उनले परिषद्ले एक नम्बर वरीयतामा रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश सिफारिस नगरेर सरकारले गम्भीर गल्ती गरेको बताउँदै आएकी छिन् ।

यसैबीच शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा कानुन दिवसमा आयोजित कार्यक्रममा सरिक हुन कार्की पुगेकी थिइन् ।
उनी कार्यक्रम सकेर बाहिरिने क्रममा सञ्चारकर्मी दिवाकर साहले उनलाई ‘आमा’ सम्बोधन गरेर बोलाउँछन् ।

उनले उल्टै प्रतिप्रश्न गर्दै भन्छिन्, ‘को ले आमा भनेको ?’

साहले ‘मैले भनेको’ भन्छन् ।

यसैबीच कार्कीले आक्रोश मिश्रित भावमा भन्छिन्– तिमीहरूको आमा नै फेरिइसक्यो ।

लगत्तै साहले ‘केही फरक पर्दैन, आमा फेरिंदैन’ भन्दै माइक उनीतर्फ सोझ्याउँछन् ।

उनले आफूलाई आमा नभनी प्रधानमन्त्री बालेन शाहकी श्रीमती सविना काफ्लेलाई आमा भन्न आग्रह गर्छिन् । कार्कीले भन्छिन्, ‘बालेनको श्रीमतीलाई आमा भन, अब ।’

साहले फेरि ‘तपाईं देशकै आमा हो’ भन्न खोज्दा कार्की ‘होइन, होइन’ भन्दै हिंड्छिन् । साहले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।