धनुषा-धनुषाको मिथिला नगरपालिकामा एक यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। पूर्व–पश्चिम सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउण्ड नजिकै शनिबार यो दुर्घटना भएको हो।
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने (ओभरटेक गर्ने) क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।
ओभरटेक गर्दा गति तीव्र भएका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घाइतेहरूलाई लालगढस्थित मोइल अस्पतालमा भर्ना गरिएको छ।
बसमा ३३ यात्रु सवार रहेका छन्। अन्य यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया