काठमाडौं-पशुपतिनाथ मन्दिर नजिकै जंगलमा ३ वटा ग्रिनेड फेला परेको छ।
आज राम मन्दिर नजिकै अवैध घर टहरा भत्काइएको भन्दा केही माथि जंगलमा ग्रिनेड भेटिएको हो । शंकारस्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा तुरुन्तै सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।
उनले भने, ‘तीन वटा पुरानो ग्रिनेड फेला परेको छ। तत्काल क्षेत्रलाई सुरक्षित बनाइएको छ र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई घटनास्थलमा बोलाइएको छ। ग्रिनेडलाई सुरक्षित तरिकाले निष्क्रिय पार्ने काम भइरहेको छ।
हाल घटनास्थल वरपरको क्षेत्रलाई पूर्ण रूपमा घेराबन्दी गरिएको छ र सर्वसाधारणलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। ग्रिनेड कस्तो अवस्थामा र कहाँबाट आएको भन्नेबारे अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए।
ग्रिनेड पुरानो रहेकाले युद्वकालमा राखिएको हुन सक्ने आशंका गरिएको छ।







प्रतिक्रिया