अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन धनीलाई फिर्ता

चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन धनीलाई फिर्ता


काठमाडौं-काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट हराएका ६५ थान मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई हस्तान्तरण गरेको छ।

उपत्यकाका विभिन्न ठाउँहरुबाट विभिन्न मितिमा हराएका दुई पांग्रे सवारी (मोटरसाइकल र स्कुटर) काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेला पारेर धनीलाई हस्तान्तरण गरेको हो ।

आफ्नो सवारी फिर्ता पाएपछि सवारी धनीहरूले खाँदा लगाएर ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् ।

यसैबिच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यातायात व्यवस्था विभागले पटक पटक कारबाहीमा परेका ३१ वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि सिफारिस गरिएको एमएसपी नवराज अधिकारीले जानकारी दिए ।

ट्राफिकले करिब ३० लाख मूल्य पर्ने मोटरसाइकल समेत भेट्टाएर धनीलाई हस्तान्तरण गरेको थियो । बबरमहलबाट हराएको अप्रिला कम्पनीको करिब ३० लाख रुपैयाँ मूल्य पर्ने मोटरसाइकल फेला पारेर बुझाइएको ट्राफिक प्रहरीले बताएको छ ।