अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिमा जीवनी लेख्न होइन, इतिहास लेख्न आएको हुँ: सभापति लामिछाने

राजनीतिमा जीवनी लेख्न होइन, इतिहास लेख्न आएको हुँ: सभापति लामिछाने


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू राजनीतिमा जीवनी लेख्न नभई इतिहास लेख्न हिँडेको बताएका छन्।

पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमलाई वैशाख २७ गते आइतबार सम्बोधन गर्दै सभापति लामिछानेले आफू मन्त्री र प्रधानमन्त्री बन्न मात्र नभएर इतिहास लेख्न आएको बताएका हुन्।

‘कसैलाई लाग्ला, पार्टी सभापति बन्न, मन्त्री वा प्रधानमन्त्री बन्ने उद्देश्यमा लागेर हिँडेको भन्ने लाग्छ भने त्यो भ्रम मात्र हो’, सभापति लामिछानेले भने, ‘म जीवनी लेख्न हिँडेको होइन इतिहास लेख्न हिँडेको हुँ। मलाई जीवनीमा त्यति रुचि छैन।’

सभापति लामिछानेले जीवनी लेख्ने यात्रामा नलाग्न पार्टीका सांसदहरूलाई पनि सुझाव दिए । रास्वपाले निर्वाचनमा पाएको मत इतिहास लेख्ने अध्यायको सुरुवात भएको भन्दै उनले पुराना राजनीतिक दलहरूको तुलनामा रास्वपा सजिलो सङ्घर्षबाट उदाएको बताए। 

सभापति लामिछानेले अब पाँच वर्ष पार्टीले काम गर्नुपर्ने बताए । उनले कतिपय पार्टीका साथीहरूले योगदानको मूल्य माग्न ढोका ढकढक्याउने गरेको भन्दै अहिले नै आफ्नै पनि योगदानको मूल्य माग्ने बेला नभएको बताए ।

सभापति लामिछानेले कतिपयले समिति सभापति नपाएको, मन्त्री नभएको जस्ता गुनासो सुनेको भन्दै सांसदहरूलाई कानुन निर्माणमा काम गर्न आग्रह गरे।