अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टर्किस एयरको जहाजमा आगो : त्रिभूवन विमानस्थल बन्द

टर्किस एयरको जहाजमा आगो : त्रिभूवन विमानस्थल बन्द


काठमाडौं- टर्कीको इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । विमानमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

बिहान ६.३५ मा विमानस्थलको भुइ छोएको जहाजमा २७७ यात्रु थिए । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज अवतरणको क्रममा पछाडिको ल्यान्डिङ गियरमा आगोको झिल्का देखिएको थियो ।

आगो देखिनसाथ जहाज तत्काल रोकिएको र दमकल प्रयोग गरेर आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएको थियो ।

भुलका अनुसार सबै यात्रुलाई आकस्मिक ढोकामार्फत उद्दार गरिएको छ । सबै यात्रु सकुशल रहेको उनले जानकारी दिए । के कारणले आगो लागेको हो, पत्ता लगाउन बाँकी छ । जहान ट्याक्सी वेको सुरक्षित स्थानमा ल्याएपछि र वस्तुस्थितिको मूल्याङ्कन पश्चात् उडान नर्मल हुने भुलले बताए ।