काठमाडौं-अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजकाे पांग्रामा आगो लागेपछि केही समय बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएकाे छ।
टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२६ को जहाजमा ल्यान्डिङ गर्ने क्रममा आगोको मुस्लो देखिएपछि विमानस्थल क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो। दमकलको प्रयोग गरेर आगो अहिले नियन्त्रणमा लिइएको थियाे ।
साे घटनापछि यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा २७७ यात्रु थिए।
विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब दुई घण्टापछि सञ्चालनमा आएको हो ।
उनका अनुसार बिहान ८ः३० बजे एयर इन्डिया र ८ः३५ बजे फ्लाइ दुवई अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरिसकेका छन् ।
धावनमार्गमै रोकिएकाे साे विमानलाई तानेर ‘पार्किङ वे’मा लगिएकाे छ। घटनापछि केही घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण सेवा प्रभावित भएको थियाे।














प्रतिक्रिया