अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो राष्ट्रपतिले आज संसद्लाई गर्ने सम्बोधन

मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो राष्ट्रपतिले आज संसद्लाई गर्ने सम्बोधन


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुबै सदनको संयुक्त वैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

वैशाख २८ गते साेमबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रपतिले गर्ने सम्बोधन स्वीकृत गरेको शिक्षामन्त्रीसमेत रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। 

आजको बैठकले सरकारले आजै ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्दैछ। 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।