काठमाडौं-हेटौंडा–काठमाडौं सडकखण्डमा मकवानपुरको इन्द्रसरोवर-२ लामबगरमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिकसहित ११ जना घाइते भएका छन्।
गएराति काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडीको ब्रेक फेल भई सडकको दाहिने साइडको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका बिहारको दरवाङ्गाका ३ जना भारतीय नागरिकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
यस्तै, मध्यम घाइते २ जना, सामान्य घाइते ४ जना भारतीय नागरिकलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
प्रहरीले गाडी चालक धनुषाको लक्ष्मीनिया–४ का ३० वर्षीय पिन्टु सिंहसहित दुई जना नेपालीलाई केही नभएको र एक जना आफूखुसी घर गएको जनाएको छ ।
प्रहरीले गाडी चालक सिंहलाई नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया