काठमाडौं-आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटको सिलिङ तोकिएको छ ।
मंगलबार अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अर्थ समितिको बैठकमा १८ खर्ब ९० अर्ब रूपैयाँको बजेट सिलिङ तोकिएको जानकारी दिए।
उनका अनुसार राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको हो। यसै सिलिङमा रहेर बजेट निर्माण गर्न विभिन्न मन्त्रालय र निकायहरूलाई सीमा पठाइसकिएको उनले जानकारी दिए ।
त्यस्तै, उनले चालू आर्थिक वर्षको पुँजीगत खर्च हालसम्म २६ प्रतिशत भएको छ। अर्थ मन्त्रालयबाट सम्पादन भइरहेका रकमान्तर लगायतका कार्यहरू सम्बन्धित मन्त्रालयबाट नै हुने र यसबाट पुँजीगत खर्चमा बढोत्तरी हुनेगरि जिम्मेवारी दिएको उनले जानकारी दिए ।







प्रतिक्रिया