अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त


काठमाडौँ-प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त भएका छन् । सभामुख डोल प्रसाद अर्याल (डीपी)को  सिफारिसमा राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन्।

सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्‍ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राईलाई हटाइएको जनाएको छ। सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्‍ट्रिय सभाका सचिवलाई सभामुख तथा राष्ट्रिय सभाको अध्यक्षको रिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा हटाउने व्यवस्था छ। 

Skip This