अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका विभिन्न भागमा हावाहुरी सहित वर्षाको सम्भावना : काठमाडौंमा पनि पानी पर्ने

देशका विभिन्न भागमा हावाहुरी सहित वर्षाको सम्भावना : काठमाडौंमा पनि पानी पर्ने


काठमाडौं – देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको हो । केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा, मधेस प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।

यसैगरी काठमाडौँ उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको छ ।

मौसम महाशाखाका मौसमविद्हरुका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।