अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


काठमाडौं-मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

आजै प्रतिनिधि सभाको बैठक पनि बस्दै छ। त्यसअघि मन्त्रिपरिषद् बैठक बसेको हो। 

आज संसद्‌मा सरकारले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन शाहले जवाफ नदिने भएका छन् । उनको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

यसअघि प्रधानमन्त्री बालेनले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए ।