अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू


काठमाडौं-आज बसेको मन्त्रिपरिषद् बैठकले चारवटा निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गरेको छ।

यस्तै, बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।

बैठकले भूमिसम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।