अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा


नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन्। भट्टको राजीनामा सनाखत हुने क्रममा रहेको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले जानकारी दिए।

भट्टलाई एक हप्ताअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर सरकारलाई सहयोग गर्न निर्देशन दिएकी थिइन्। राजीनामा नदिए बर्खास्त गरेर हटाउने प्रकृया सुरु भएकोबारे पनि मन्त्री यादवले कार्यकारी निर्देशक भट्टलाई जानकारी गराएकी थिइन्।

सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेकाे थियाे ।

भट्टलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २६ फागुन २०८० मा तीन वर्षका लागि नियुक्ती गरेको थियो।