अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त


काठमाडौँ-प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन्। सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले संखुवासभाका अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका हुन्।

अधिकारी निजामती सेवाबाट अवकासप्राप्त व्यक्ति हुन्।

यसअघि हिजो राष्ट्रपति पौडेलले सभामुख अर्यालकै सिफारिसमा हर्कराज राईलाई सचिवबाट पदमुक्त गरेका थिए ।