काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएकाे छ। आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पारित भएलगत्तै प्रधानमन्त्रीले अर्थमन्त्री वाग्लेसँग भेटेका हुन्।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा बिहीबार प्रतिनिधिसभाबाट पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेटलगायत विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले नै दिएका थिए ।
प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीचकाे भेटलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ।




प्रतिक्रिया