प्युठान-प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्युठान-दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका-१ देविस्थानमा लुप्र ०२-००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ।
भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको छ। भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान भने अझै खुल्न बाँकी छ । दुर्घटनाका परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया