अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल बार एसोसिएसनकाे आकस्मिक बैठक

नेपाल बार एसोसिएसनकाे आकस्मिक बैठक


काठमाडौं-सर्वोच्च अदालतमा देखिएको विकसित घटनाक्रमको विषयमा धारणा सार्वजनिक गर्न नेपाल बार एसोसिएसनले पदाधिकारीहरूको साेमबार आकस्मिक बैठक राखेको छ। 

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको भन्दै दायर भएर रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको र लामो समय होल्डमा राखेको विषयलाई लिएर बारको आकस्मिक बैठक बस्न लागेको बारका महासचिव केदार कोइरालाले जानकारी दिए।

उनका अनुसार कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले जारी गरेको आदेश र त्यसको परिपालना, प्रतिनिधि सभामा केही सांसदहरूले व्यक्त गरेको धारणा लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

सोमबार कामु प्रधान न्यायाधीश मल्लले केही रिट एवं निवेदनहरू लामो समयदेखि रोकिएको भन्दै तत्काल दर्ता गर्न र मंगलबारको पेसी तोक्न न्याय प्रशासनलाई आदेश दिएकी थिइन्। 

तर, सर्वोच्च प्रशासनले कामु प्रधान न्यायाधीशले दिएको आदेश नमानेको भन्दै नेपाल बारले आफ्नो धारणा सार्वजनिक गर्न बैठक बोलाएको हो।