अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ


काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। प्रहरीले उनलाई वीरगञ्जबाट पक्राउ गरेको हो।

‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईँ आज पर्सा पुगेका थिए।

 प्रहरी स्रोतले उनी पक्राउ परेको पुष्टि गरे पनि कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे थाहा नभएको बताएको छ ।

यसअघि पनि उनले पटक पटक पर्सामा कार्यक्रम गर्न खोजेका थिए।

तर प्रहरी प्रशासनले उनलाई पक्राउ गरेर कार्यक्रम रोक्दै आएको छ।

उनले कार्यक्रम गर्न अनुमति पनि पाएका छैनन्।