काठमाडौँ-नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधान न्यायाधीशमा सिफारिस डा. मनोज शर्माको योग्यता र विज्ञताबारेको विषय उपलब्ध गराउन माग गरेकी छन्।
संसदीय सुनुवाइ समितिको बैठकमा सांसद अर्यालले डा. शर्मालाई नियुक्ति सिफारिस गर्दा संवैधानिक परिषद्ले गरेको निर्णयमा उल्लेखित योग्यता र विज्ञताबारे जानकारी गराउन माग गरेकी हुन् ।
उनले प्रधानन्यायाधीशमा न्याय परिषद्ले सिफारिस गरेका ६ जनाको डिटेल पनि पाउनुपर्ने बताइन् । उनले संवैधानिक परिषद्ले निर्णय गर्दा लिखित असहमति राखेका प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको लिखित असहमति पनि उपलब्ध गराउन माग गरिन् ।




प्रतिक्रिया