अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रस्तावित प्रधानन्यायाधीशमाथिको सुनुवाइ भोलिलाई सार्न नेकपाको माग

प्रस्तावित प्रधानन्यायाधीशमाथिको सुनुवाइ भोलिलाई सार्न नेकपाको माग


काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि संसदीय सुनुवाइ एक दिन पछाडि सार्न माग गरेको छ ।

जारी संसदीय सुनुवाइ समितिको बैठकमा नेकपाका नेता वर्षमान पुनले थप अध्ययन गरेर मात्रै सुनुवाइ गर्नुपर्ने माग राखेका हुन्।

‘निर्णयबारे मोटामोटी थाहा छ । कार्यपालिकाको निर्णयप्रति असहमतिकै लागि बसेका होइनौँ । संवैधानिक परिषद्मा तीनवटै अङ्ग र विपक्षी पनि छ । यसरी हेर्दा प्रक्रिया पूरा गरेरै जाऊँ । कामलाई ढिलो पनि नगरौँ । अलिकति अध्ययन गर्न समय निकालौँ’, पुनले भने, ‘यसकारण आज मज्जाले अध्ययन गरौँ । भोलि बिहानबाट सुनुवाइ गरौँ ।’

संसदनमा प्रि–बजेटमाथि छलफल पनि जारी रहेकोले त्यता पनि जानुपर्ने उनको भनाइ छ ।