अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सकियो

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सकियो


काठमाडौं-सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सकिएको छ। मंगलबार संसदीय सुनुवाइ समितिमा उनको सुनुवाइ भएको हो।

सुनुवाइ समितिका सदस्यहरूले प्रस्तावित प्रधान्यायाधीश शर्मालाई प्रश्नहरू सोधेका थिए।

सुनुवाइमा भाग लिँदै नेपाली कांग्रेसका सांसद आनन्द ढुंगानाले न्यायालय र बारबीचको द्वन्द्व व्यवस्थापन कसरी हुन्छ भन्दै प्रश्न गरेका थिए। उनले लामो समयदेखि बेन्च (न्यायालय) र बारबीच द्वन्द्व भइरहँदा न्याय सम्पादन प्रभावित हुँदै आएको बताए।

उनले भने, ‘न्यायालय र बारबीच लामो द्वन्द्व भइरहन्छ। बार र न्यायालयको बेन्चबीच जुन द्वन्द्व छ, त्यसलाई कसरी निरुपण गर्नुहुन्छ ? विगतमा केही प्रधान न्यायाधीशले यो द्वन्द्व कम गर्ने प्रयास गरे पनि अहिले फेरि यो द्वन्द्व बढेको जस्तो देखिन्छ। द्वन्द्व बढ्यो भने फेरि न्याय पाउन गाह्रो हुँदो रहेछ।’डा. मनोजकुमार शर्मामाथि उजुरीकर्ताहरूले शैक्षिक योग्यता, संवैधानिक योग्यता र न्याय सम्पादन क्षमाताको प्रश्न उठाएका छन्।

शर्माले प्रश्नहरूमाथि जवाफ दिइसकेपछि समिति सभापति बोधनारायण श्रेष्ठले पूरक प्रश्नका लागि सदस्यहरूलाई समय दिएका थिए । पूरक प्रश्न नभएपछि सुनुवाइ सकिएको जानकारी दिइएको छ।
यसैबीच, शर्माले प्रश्नको जवाफ दिने क्रममा सर्वोच्च अदालतमा कुनै गुटबन्दी नरहेको दाबी गरेका छन् । उनले आफूविरुद्धको रिट दर्ताको सन्दर्भमा आएको प्रश्नको पनि खण्डन गरेका छन् ।

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि उजुरीकर्ताहरूले शैक्षिक योग्यता, संवैधानिक योग्यता र न्याय सम्पादन क्षमाताको प्रश्न उठाएका छन्। संघीय संसद्को संसदीय सुनुवाइ समितिमा मंगलबार भएको छलफलमा उजुरीकर्ताहरूले प्रस्तावित प्रधानन्यायाधीश शर्माको योग्यता र न्याय सम्पादन क्षमतामाथि प्रश्न उठाएका थिए ।