काठमाडौँ-सरकारले काठमाडौँ उपत्यका नदी किनारका बस्तीबाट विस्थापित परिवार रुजू गरी प्रतिपरिवार रु.२५ हजार पुनर्स्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको छ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै जोखिममुक्त बस्ती हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहन स्वरूप पाँच सदस्य भएको प्रतिपरिवार राहत रकम १५ हजार र सो भन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप २ हजार प्रतिमहिनाका दरले हाललाई तीन महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ।
सरकारले सुकुमबासीहरुलाई मासिक १५ हजार सहयोग रकम दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।




प्रतिक्रिया